अपडेट : धादिङमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, ३५ जनाको उद्धार

हिमाल प्रेस २३ फागुन २०८० ८:१५
30
SHARES
अपडेट : धादिङमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, ३५ जनाको उद्धार

धादिङ- धादिङको त्रिशूली नदीमा आज बिहान यात्रुबस खस्दा ६ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट ३५ जनालाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ५ पुरुष र १ जना महिला छन्। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बस कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको थियो । लु १ ख २१२१ नम्बरको उक्तबस धादिङको गजुरीस्थित घाटबेशीबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

 

प्रकाशित: २३ फागुन २०८० ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =