स्वदेशी फिल्मकाे प्रवर्धनमा सरकारले परिवर्तनका लागि कला र साहित्य कार्यक्रम सञ्चालन गर्ने

हिमाल प्रेस १ जेठ २०८१ १६:१४
4
SHARES
स्वदेशी फिल्मकाे प्रवर्धनमा सरकारले परिवर्तनका लागि कला र साहित्य कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- सरकारले स्वदेशी चलचित्रको प्रवर्धन गर्न ‘परिवर्तनका लागि कला र साहित्य’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले स्वदेशी चलचित्रको प्रवर्धन गर्न ‘परिवर्तनका लागि कला र साहित्य’ कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।

समाज र रुपान्तरणका लागि उल्लेखनिय योगदान गर्ने व्यक्ति र आन्दोलनसँग सम्बन्धित सहयोग गर्ने चलचित्र, गीत, संगीतको अनुसन्धान तथा स्वदेशी चलचित्रको प्रवर्धन गर्ने बताएका छन्।

साथै कला साहित्य प्रवर्धनमा हलिउड तथा बलिउडका फिल्म निर्मातालाई नेपालमा फिल्म छायांकनमा प्राथमिकता दिने पनि जनाएका छन्।

प्रकाशित: १ जेठ २०८१ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =