मजदूर वर्गले लामो संघर्षपछि अधिकार प्राप्त गरेका हुन् : माधव नेपाल

हिमाल प्रेस १८ वैशाख २०८० १२:५०
2
SHARE
मजदूर वर्गले लामो संघर्षपछि अधिकार प्राप्त गरेका हुन् : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले श्रमजीवी मजदुर वर्गका सामाजिक सुरक्षालगायत हक अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले आज एक शुभकामना सन्देश जारी गर्दै मुलुकको विकास र आर्थिक समृद्धिका लागि श्रमिक वर्गको अधिकार तथा हितको सम्वर्द्धन गर्नुपर्ने बताएका हुन्।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिएको सन्देशमा मे १ तारिख मजदूर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइँदै आएको उल्लेख गरिएको छ।

देशमा भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा श्रमिक वर्गको उल्लेखनीय सहभागिता तथा योगदान रहेको उल्लेख गर्दै सन्देशमा उनीहरूको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टी सदैव क्रियाशील रहेको जनाइएको छ।

प्रकाशित: १८ वैशाख २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 14 =