सेगवे ‘ई-१००’ स्कुटरमा काँकडभिट्टादेखि महेन्द्रनगरसम्म यात्रा

हिमाल प्रेस १७ वैशाख २०८० २०:५०
6
SHARES
सेगवे ‘ई-१००’ स्कुटरमा काँकडभिट्टादेखि महेन्द्रनगरसम्म यात्रा

काठमाडौँ- सेगवे इलेक्ट्रिक स्कुटर ‘ई-१००’ मार्फत धीरेनमान श्रेष्ठले पूर्व काँकडभिट्टादेखि पश्चिम महेन्द्रनगरसम्मको यात्रा गरेका छन्। उनको उक्त यात्रालाई कम्पनीले इतिहार रचिएको बताएको छ। श्रेष्ठले सेगवे इलेक्ट्रिक स्कुटर ‘ई-१००’ मार्फत गरिएको यात्रा आरामदायी भएको बताएका छन्।

 यात्राले वातावरणमैत्री यातायातका साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारीसाधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको श्रेष्ठको भनाइ छ।

श्रेष्ठका अनुसार काँकडभिट्टादेखि महेन्द्रनगरसम्म पुग्न ६ रात ७ दिन समय लागेको थियाे। यात्राका लागि दुई वटा ब्याट्री र दुई वटा फास्ट चार्जर साथमा लिएर गएको उनको भनाइ छ।

पुरै यात्रामा उनको स्कुटर चार्जिङ खर्च ६ सय ५० रुपैयाँ मात्रै लागेको थियो। ‘किफायती र कम लागतको विद्युतीय स्कूटरको यात्राले आगामी दिनहरूमा वातावरणमैत्री यातायातका साधन विकल्पहरूको प्रवद्र्धन र इन्धनको माग घटाउन मद्दत पुग्नेछ,’ उनले भने।

यात्राका क्रममा स्कुटरको कार्य क्षमताअन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ-रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण, र कम्फर्ट परीक्षण गरिएको थियो।

प्रकाशित: १७ वैशाख २०८० २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =