आजदेखि हलमा तीन फिल्म र एक वृत्तचित्र

हिमाल प्रेस १५ वैशाख २०८० १०:०१
6
SHARES
आजदेखि हलमा तीन फिल्म र एक वृत्तचित्र

काठमाडौँ- आज (शुक्रबार) नेपाली सिनेमा हलमा तीनवटा फिल्म र एक वृत्तचित्र प्रदर्शनमा आएका छन्। ‘प्रसाद २’, ‘नाइँ नभन्नू ल ६’, ‘कैदीको पत्र’ फिल्म रिलिज भएका छन्। त्यस्तै, वृत्तचित्र ‘पासाङ ः इन द स्याडो अफ एभरेस्ट’ पनि हलमा लागेको छ।

विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ६’ प्रेमकथामा आधारित छ। फिल्ममा आशीर्वाद बी क्षेत्री, आँचल शर्मा, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी, खड्गबहादुर पुनलगायत कलाकारको अभिनय छ।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक हुन्, सुदर्शन थापा।

त्यस्तै, सनमकुमार बैरागको निर्देशनमा बनेको फिल्म ‘कैदीको पत्र’ पनि आज प्रदर्शनमा आएको छ। प्रेमकथामा आधारित फिल्ममा कुनाल विश्व, म्याडिसन लाजारुस, सलिनालगायत कलाकारको अभिनय छ।

‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’ले देशभरिका हलमा शो पाए पनि ‘कैदीको पत्र’ले क्यूएफएक्सअन्तर्गत कुनै पनि हलमा शो पाएको छैन। फिल्म निर्माण पक्षले क्यूएफएक्सले आफूलाई शो नदिएको आरोप लगाइरहेको छ। धेरै फिल्म जुध्दा हलमाथि शो नदिएको आरोप लगाउनु पुरानो परिपाटी रहेको र अहिले कैदीको पत्रको अवस्था पनि त्यही हो भन्ने स्पष्टीकरण क्यूएफएक्लको छ।

फिल्म ‘कैदीको पत्र’ले ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’ भन्दा अघि नै वैशाख १५ मा आउने घोषणा गरेको थियो। अरू दुई फिल्मले वैशाख १लाई प्रदर्शन मिति तोकेका थिए। तर, विभिन्न कारणले यी दुई फिल्म समयमा प्रदर्शन हुन सकेनन्। मिति सारेर वैशाख १ बाट १५ मा पुगे। जसको मारमा प¥यो, ‘कैदीको पत्र’।

सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पामाथि बनेको वृत्तचित्र ‘पासाङः इन द स्याडो अफ एभरेस्ट’ पनि आज प्रदर्शनमा आएको छ। अमेरिकी न्यान्सी स्भेन्डसेन वृत्तचित्रकी निर्देशक हुन्।

प्रकाशित: १५ वैशाख २०८० १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =