‘प्रसाद २’ ट्रेलर : जातीयताको मुद्दा उठाउँदै विपिन

हिमाल प्रेस १९ फागुन २०७९ १०:४३
22
SHARES
‘प्रसाद २’ ट्रेलर : जातीयताको मुद्दा उठाउँदै विपिन

काठमाडौँ- फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ। सवा तीन मिनेट लामो ट्रेलरमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरेलगायत कलाकार अटाएका छ्न।

सामाजिक कथावस्तुमा आधारित फिल्मको ट्रेलरमा फिल्मको पहिलो भाग ‘प्रसाद’पछिको कथा देखाइएको छ। गाउँ फर्केपछि विभेदको अन्त्य गर्न लागिपरेका छन्, विपिन। शक्ति भएपछि मात्र आफूले चाहेका कुरा प्राप्त गर्न सकिने भन्दै चुनावमा उम्मेदवारी दिएको ट्रेलरमा देखिन्छ।

‘प्रसाद’मा मुख्य भूमिकामा रहेकी अभिनेत्री नम्रता श्रेष्ठको ठाउँमा केकी अधिकारीले विपिनको श्रीमतीको भूमिका निर्वाह गरेकी छन्।

फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन्। फिल्मको स्लोगन ‘माया भन्दा ठूलो नै क छ र’ राखिएको छ। सुशील पौडेलको लेखन रहेको फिल्ममा जातीयताको मुद्दालाई उठान गरेको छ। यसअघि वैशाख १ मा आउने भनिएको फिल्मको मिति पनि सरेको छ। फिल्म अब चैत २४ मा प्रदर्शनमा आउनेछ।

 

प्रकाशित: १९ फागुन २०७९ १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =