‘प्रसाद २’ को ‘ए माया’ ‍गीत सार्वजनिक

हिमाल प्रेस २१ वैशाख २०८० १२:४२
6
SHARES
‘प्रसाद २’ को ‘ए माया’ ‍गीत सार्वजनिक

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘प्रसाद २’ को ‘ए माया’ बोलको गीत सार्वजनिक गरिएको छ।

गीत आज (बिहीबार) ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा अस्मिता अधिकारी र केशव भावुकको स्वर छ। सुधा मरहट्टाको शब्द रहेको गीतमा हरी लम्सालले संगीत भरेका छन्।

फिल्म बैशाख १५ गतेदेखि प्रदर्शरत छ। फिल्मका निर्देशक सुदर्शन थापा हुन्। फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन्।

 

प्रकाशित: २१ वैशाख २०८० १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =