पोखरा स्पोर्टस् अवार्डमा उत्कृष्टको मनोनयन सार्वजनिक

हिमाल प्रेस १३ वैशाख २०८० १३:१९
10
SHARES
पोखरा स्पोर्टस् अवार्डमा उत्कृष्टको मनोनयन सार्वजनिक

पोखरा- पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणमा ४ विधाको उत्कृष्ट ३ मनोनयन सूची सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पत्रकार सम्मेलन गरी वर्ष खेलाडी पुरुष, महिला, उदियमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सूची सार्वजनिक गरेको हो।

वर्ष खेलाडी पुरुषमा करण केसी (क्रिकेट), गंगाबहादुर कुँवर (आर्चरी) र प्रदीप खड्का (टेनिस) छन्। प्रदीप खड्का पाँचौ संस्करणमा उदीयमान खेलाडी विधामा मनोनीत भएकोमा गत संस्करणका वर्ष खेलाडी हुन्। पोखरा पर्स्याङ निवासी खड्काले नवौं राष्ट्रिय खेलकुदमा सिंगल र मिक्स गरी ३ स्वर्ण जितेका थिए।

वर्ष खेलाडी महिलातर्फ सावित्रा भण्डारी (फुटबल), सुस्मिता थापामगर (आईटीएफ तेक्वान्दो) र रोजिना थापामगर (आर्चरी) परेका छन्। बागलुङकी सुस्मिता यसअघि पनि वर्ष खेलाडी हुँदै स्कुटर पाएकी थिइन्।

उदीयमान खेलाडीतर्फ रवि केसी (भलिबल), सुमित श्रेष्ठ (फुटबल) र सुवास भण्डारी (क्रिकेट) छन्। उत्कृष्ट प्रशिक्षकमा किशोरकुमार गुरुङ (आर्चरी), नीरज थापा (लनटेनिस) र सुरज सुनार (आईटीएफ तेक्वान्दो) परेका छन् । कास्कीका नीरज गत संस्करणका अवार्ड विजेता हुन्।

यसपालि नोमिनेसनमा परेकाहरूमध्ये बागलुङका ५, कास्कीका ४, तनहुँ, स्याङ्जा र लमजुङका १-१ जना छन्। यसपालि मनोनयनमा परेकाहरू वर्षौ‌अघि तहल्का मच्चाइसकेका खेलाडी पनि छन्। जस्तो क्रिकेटरका अलराउन्डर करण र फुटबलर साम्बा त्यस्तै खेलाडी हुन्।

विधागत उत्कृष्टलाई २३ वैशाखमा हुने समारोहमा अवार्ड प्रदान गरिने छ। वर्ष खेलाडी पुरुष तथा महिलाले इलेक्ट्रिक स्कुटर, उदीयमान र प्रशिक्षकले जनही ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने मञ्च अध्यक्ष दीननाथ बरालले बताए।

मञ्चले यसबाहेक वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लब, वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि जनही ३५ हजारसहित पुरस्कृत गर्नेछ। लाइफटाइम अचिभमेन्ट प्राप्त गर्नेलाई चाँदीको करुवासहित ट्रफी दिइनेछ।

प्रकाशित: १३ वैशाख २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =