कांग्रेस संसदीय दल बैठकः आगामी बजेटमा उत्पादन, रोजगार र कृषि क्षेत्रलाई प्राथमिकता दिनेबारे छलफल

हिमाल प्रेस १२ वैशाख २०८० १३:४६
6
SHARES
कांग्रेस संसदीय दल बैठकः आगामी बजेटमा उत्पादन, रोजगार र कृषि क्षेत्रलाई प्राथमिकता दिनेबारे छलफल फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पछिपरेका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन्। सोमबारबाट संघीय संसद् भवनमा सुरु भएको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन्।

बैठकपछि मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको बताए। उनका अनुसार सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।

‘बजेटका सिद्धान्तहरु, प्राथमिकताहरु, त्यसका आधारहरु के हुन् ? भन्नेकुरा मान्य अर्थमन्त्रीज्युले जानकारी गराउनु भयो। बजेट कस्तो आउनुपर्छ, के आउनुपर्छ भन्नेबारेमा राय लिनुभयो’ उनले भने,’पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेटमा व्यवस्था गरिनुपर्छ भन्ने माग उठेको छ । महिला, आदिवासी, जनजाती दलित, पिछडीएको क्षेत्र, पिछडीएको वर्ग, युवालगायतमा बढी केन्द्रित हुनुपर्छ, भन्नेकुरा उठेका छन्, शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि कुरा उठेका छन्।’

त्यस्तै नेपाली काग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभूत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिनेगरी बजेट निर्माण गर्न सुझाव दिएको बताए।

देशको आर्थिक अवस्था कमजोर भएपनि जनमुखी बजेट निर्माण गर्न सुझाव दिएको उनको भनाइ छ।

प्रकाशित: १२ वैशाख २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =