कमल थापाले बुझाए चुनावी खर्च विवरण

हिमाल प्रेस ११ वैशाख २०८० १२:२७
14
SHARES
कमल थापाले बुझाए चुनावी खर्च विवरण फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपाल अध्यक्ष कमल थापाले गत प्रतिनिधिसभाको निर्वाचनमा १५ लाख ३७ हजार ३४० रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरणअनुसार सवारीसाधनमा २ लाख, सम्पर्क कार्यालय सञ्चालनमा ३ लाख, गोष्ठी, अन्तरक्रिया शीर्षकमा २ लाख, प्रतिनिधि परिचालनमा ४ लाख, प्रचारप्रसार सामग्रीमा १ लाख ७७ हजार ९ सय र प्रचारप्रसारका लागि छापा एवं विद्युतीय माध्यममा २ लाख ५९ हजार ४४० खर्च भएको उल्लेख छ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा थापाले मकवानपुर १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ११ वैशाख २०८० १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =