इटहरी क्षेत्रमा धरानले लगायो सीमा प्रारम्भ अंकित बोर्ड

क्षेत्राधिकार मिचेको जनप्रतिनिधिको भनाइ

हिमाल प्रेस १० वैशाख २०८० २२:०४ | Sunday, April 23, 2023
इटहरी क्षेत्रमा धरानले लगायो सीमा प्रारम्भ अंकित बोर्ड

इटहरी– धरान उपमहानगरपालिकाले आफ्नो सीमा मिचेर ‘सीमा प्रारम्भ’ को बोर्ड लगाएको छ। इटहरी २० मा पर्ने पानीपिया क्षेत्रमा आफ्नो इलाका परेको दाबी गर्दै धरानका मेयर हर्क साम्पाङले ‘सीमा प्रारम्भ’ को बोर्ड लगाउन निर्देशन दिएसँगै आइतबार बोर्ड लगाइएको हो।

तरहराको पानीपिया सुरु हुनासाथै ‘स्थानीय सरकार, धरान उपमहानगरपालिका, सीमा प्रारम्भ’लेखिएको बोर्ड लगाइएको हो।

जबकि, यो क्षेत्र भने इटहरी २० मा पर्ने भएकाले भोगाधिकार पनि इटहरीले नै गर्दै आएको छ। यससँगै इटहरी क्षेत्रका बासिन्दाले भने धरानका मेयर साम्पाङको विरोध जनाएका छन्। इटहरी २० का जनप्रतिनिधि सुरेश गुरुङ (तनुज) ले धरानले आफ्नो क्षेत्र भनेर दाबी गर्न नमिल्ने बताए।

‘यसअघि सेउती पुललाई सीमा मानिएको हो, दुवैतर्फको स्थानीय सरकारसँग बैठक नबसीकन एकलौटी शासन गरियो,’ उनले भने, ‘सहकार्य नगरी यहाँ आएर हाम्रो सीमाना पर्छ भन्न कहाँ पाइन्छ?’

आफूहरूले उक्त बोर्ड हटाउने तयारी गरेको उनले बताए। ‘उपमहानगरको मेयर जत्तिको मान्छेले केटाकेटी जस्तो व्यवहार गरेको’ कतिपयको आरोप पनि छ। इटहरी र धरान छुट्टाउने सीमानाबारे भने यसअघि पनि विवाद थियो। तर, सेउती पुलले नै दुवै स्थानीय तहको सीमाना छुट्टाउँदै आएको थियो।

प्रकाशित: १० वैशाख २०८० २२:०४ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast