बसले बढाएको रोजगारी

रमा केसी १० वैशाख २०८० १७:१५
90
SHARES
बसले बढाएको रोजगारी

सुर्खेत-  झन्डै साढे तीन दशकअघि सुर्खेतमा दुईवटा बस देउती यातायातअन्तर्गत सञ्चालनमा आएका थिए। त्यतिबेला सुर्खेतमा सीधै बस नआएर छिन्चुमा बस रोकिन्थ्यो। भोलिपल्ट भेरीतरेर आउने गरिन्थ्यो।

२०५२ सालमा ११ वटा गाडीसँगै मध्यपश्चिम यातायातबस सेवा सञ्चालनमा आएको बस व्यवसायी संघका सल्लाहकार इन्द्रप्रसाद शर्माले बताए। त्यतिबेलाका संस्थापक अध्यक्ष कर्णबहादुर खड्काको अध्यक्षतामा सो बस सञ्चालनमा आएका थिए।

पहिले लोकल बस नेपालगन्जबाट मात्रै आउने गर्‍यो। त्यसपछि सुर्खेतमा पहिलोपटक सूर्यबहादुर खड्का र इन्द्रप्रसाद शर्माले बस ल्याएका थिए। पहिलोपटक सुर्खेतमा ना १ ख ३६१६ र ३६२९ नम्बरको बस सञ्चालनमा आएको थियो। त्यो बस रात्रिकालीन सेवाका लागि सञ्चालनमा ल्याइएको शर्माले बताए।

सुर्खेतबाट पूर्वको धरान,पोखरा, वीरगन्ज, बुटवलका लागि एकएक, काठमाडौँका लागि १२,नेपालगन्जका लागि ४५ बस तथा माइक्रोदिनहुँ जाने गरेको संयुक्त यातायातका सहायक इन्चार्ज विजय सुवेदीले जानकारी दिए। त्यस्तै सुर्खेतबाट पश्चिमतर्फ जुम्ला कालिकोट सात,महेन्द्रनगर तीन, दैलेख १६, बोटेचौर २५ वटा, पश्चिम पाँचवटा गरी जिल्लाका विभिन्न ठाँउमा दैनिक १ सय ५० भन्दा बढी बस छुट्ने गर्छन्।

सुर्खेतमा बस सञ्चालनमा आएसँगै व्यापार–व्यवसाय पनि फस्टाएको सुर्खेत उद्योग वाणिज्य संघका निमित्त निर्देशक गणेश कार्कीले बताए। ‘सुर्खेतमा बस चल्न थालेपछि होटल व्यवसाय बढेको छ,’ उनले भने, ‘रोजगारी सिर्जना भएको छ। बसको चहलपहल बढेसँगै बाहिरिने र भित्रिने यात्रुको संख्या पनि बढेको छ। यात्रु र गाडी बढ्दै जाँदा रोजगारी सिर्जना भएको छ।’

बस र यात्रुको संख्या जति बढ्यो त्यति नै होटल, रेस्टुरेन्ट पनिखुलिरहेका छन्। ग्यारेजहरूमा मेकानिकले काम पाइरहेका छन्। ‘बस सेवाले अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान दिएको छ,’ कार्कीले भने, ‘कामको लागि विदेश जाने कतिपय युवाले बस सेवाका कारण देशमै रोजगारी पाएका छन्।’

कर्णाली प्रदेशका१० जिल्लामध्ये हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटबाहेक अधिकांश जिल्ला तथा सदरमुकाममा बस सञ्चालनमा आएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सचिव देवराज निरौलाले बताए। ‘आर्थिक वर्ष २०८०–८१ सम्म सबै सदरमुकाममा बस सञ्चालनमा ल्याउनेछौँ,’ उनले भने।

प्रकाशित: १० वैशाख २०८० १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =