जग्गाको कित्ताकाट खुला

हिमाल प्रेस ५ वैशाख २०८० १९:३१
14
SHARES
जग्गाको कित्ताकाट खुला

काठमाडौँ- सरकारले सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी सञ्चारमन्त्री रेखा शर्माले दिएकी हुन्।
भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको र नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको मन्त्री शर्माले बताइन्।

भूउपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउन मन्त्रिपरिषद्ले भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो।

उनले भनिन्, ‘भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ। नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो। त्यसलाई सहज बनाउन भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ।’

यस्तै सरकारले काठमाडौँ–तराई फास्टट्रयाकको खोकना जग्गाका सम्बन्धमा लामो समय रहेको समस्या समाधान गर्ने उद्देश्यले रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ। समितिलाई तीन महिनाको समय दिएको मन्त्री शर्माले जानकारी दिइन्।

प्रकाशित: ५ वैशाख २०८० १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =