सरकारले आफैँ उठाउन थाल्यो सिंहदरबारको फोहोर

हिमाल प्रेस ५ वैशाख २०८० १६:१०
12
SHARES
सरकारले आफैँ उठाउन थाल्यो सिंहदरबारको फोहोर

काठमाडौँ- काठमाडौँ महानगरले सिंहदरबारको फोहोर नउठाएपछि सरकारले आफैं फोहोर व्यवस्थापन थालेको छ।

सहरी विकास मन्त्रालयका अनुसार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालिसँग सम्झौता गरेको हो।

काठमाडौँ महानगरपालिकाले संवैधानिक एवं कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भएर अवरोध सिर्जना गरेकाले केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरूको निवासको स्थानबाट फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालिसँग सम्झौता गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनपछि सिंहदरबारभित्रको फोहोर चैत २६ देखि उठेको थिएन। महानगरको निर्देशनपछि परिवर्तन सेवा प्रालिले उठाउन छाडेको थियो। तर अहिले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन प्रालिसँग छुट्टै सम्झौता गरेको हो।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतलनिवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

सरकारप्रति बालेनको आक्रोश : काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार र राजधानी अन्तै लैजानू

बालेनले दिए सिंहदरबारको फोहर नउठ्नुको कारण

प्रकाशित: ५ वैशाख २०८० १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =