सिंहदरबार अगाडिबाट नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो

हिमाल प्रेस ५ असोज २०८० २०:२४
6
SHARES
सिंहदरबार अगाडिबाट नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो

काठमाडौँ- सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा प्रहरीले नियन्त्रणमा लिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १७ जनालाई छाडिएको छ।

विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई निएन्त्रणमा लिइएको र अहिले सबैलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएकामा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १७ जना रहेका थिए। उनीहरू सबैलाई अहिले सिंहदरबार वृत्तबाट छाडिएको हो। रासस

प्रकाशित: ५ असोज २०८० २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =