हिन्दूवादीहरू एक ठाउँमा उभिन ढिलो गर्नु हुन्‍न : कमल थापा

हिमाल प्रेस १ वैशाख २०८० १६:३३
36
SHARES
हिन्दूवादीहरू एक ठाउँमा उभिन ढिलो गर्नु हुन्‍न : कमल थापा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको सड्ढटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दूवादी पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

नयाँ वर्ष ०८० सालको अवसरमा शुक्रबार पार्टीले काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ-आफ्नो ठाउँबाट लचकता अपनाउँदै नेपाललाई हिन्दूराष्ट्र कायम राख्न अग्रसर हुनुपर्ने उनको भनाइ छ।

अहिलेका ठूला राजनीतिक दलहरूले मुलुकको व्यवस्थामात्र परिवर्तन गरेको तर जनताको अवस्था उस्तै रहेको उनले जिकिर गरे।

राजनीतिक परिवर्तनले सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट गरेकोमा चिन्ता व्यक्त गर्दै उनले देशको आर्थिक विकास, समृद्धि र देश निर्माण मृगमरिचिका बनेको दाबी गरे।

वैदेशिक रोजगारी अलिकति मात्रै तलमाथि परे देशको अर्थतन्त्र तासको घरझैं ढल्ने भन्दै थापाले मुलुकको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका राजनितिको छायामा परेकोमा चिन्ता गरे।

ठूला दलहरूको अदुरदर्शिता र अकर्मण्यताका कारण नेपालमा विदेशी चलखेल र प्रभाव बढेको, कानुनी मान्यतामाथि हमला गरिएको सीमित राजनीतिक दलका सीमित नेताहरूको सिन्डिकेटतन्त्र हाबी भएको भन्दै थापाले राप्रपा नेपाल अबको वैकल्पिक शक्तिको रूपमा स्थापित हुने बताए।

देश निर्माणको मूल अभियानमा नयाँ वर्षले सबैमा प्रेरणा दिनेसमेत थापाले विश्वास ब्यक्त गरे। कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् उपत्यका संयोजक जयकुमार खड्का, केन्द्रीय सदस्य राजकुमार खड्कालगायतले नयाँ वर्षको शुभकामना व्यक्त गरे।

प्रकाशित: १ वैशाख २०८० १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =