ठूला आयोजना अगाडि बढाउने लगानी बोर्डको निर्णय

हिमाल प्रेस ३० चैत २०७९ १९:३८
2
SHARE
ठूला आयोजना अगाडि बढाउने लगानी बोर्डको निर्णय

काठमाडौँ- लगानी बोर्डले स्वदेशी, विदेशी तथा ठूला लगानीका आयोजनाहरू अगाडि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको बैठकले उक्त निर्णय गरेको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा क्षेत्रमा जलविद्युत आयोजना अघि बढाउने निर्णय गरिएको जानकारी दिए। तल्लो अरुण, माथिल्लो मस्र्याङ्दी, दूधकोशी–२ लगायत जलविद्युत आयोजनाका काम अघि बढाउने निणैय गरिएको हो।

त्यस्तै सिमेन्टमा लगानी भएका आयोजनामा उत्पादन तहमा पुगेकाले त्यससँग जोडिएको विषयमा पनि आवश्यक निर्णय गरिएको अर्थ मन्त्री महतको सचिवालयले जानकारी दिए। रसायनिक मल उत्पादनको चासो सर्वत्र रहेकाले त्यसका विषयमा पनि बोर्ड बैठकले निर्णय गरेको छ।

बोर्डका उपाध्यक्ष समेत रहेका अर्थ मन्त्री डा. महतले मल उत्पादनका लागि वैदेशिक लगानीकर्ताले विस्तृत अध्ययन गर्न अनुमति पर्खिरहेकाले दुईवटा वैदेशिक लगानीकर्तालाई अनुमति दिने प्रकृया अगाडि बढाउने निर्णय गरिएको बताए।

लगानीसँग जोडिएको अन्य धेरै विषयमा बोर्डमा छलफल भएको मन्त्री डा. महतले बताए । ‘यतिबेला लगानी विभिन्न चरणमा छन्, कोही अध्ययनको चरणमा छन्, कोही सम्पन्न हुने चरणमा छन्,’ मन्त्री महतले भने, ‘कोही कार्यान्वयनको चरणमा पुगेकाले यी विभिन्न चरणमा भएका आयोजनाहरू अगाडि बढाउने र सँगसँगै आगामी दिनमा लगानी बोर्डको प्राविधिक लगायत अन्य क्षमता वृद्धि गरेर भविष्यमा थप लगानीको परिवेश निर्माण गर्ने कुरामा छलफल भएको थियो।’

प्रकाशित: ३० चैत २०७९ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twenty =