काठमाडौँ- उपरथीमा बढुवा भएका सहायक रथी सुदर्शन सिलवाललाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। गत चैत २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथीमा बढुवा भएका सिलवाललाई बिहीबार शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
सिलवाल सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन्। सोही अवसरमा, प्रधान सेनापति शर्माले महासेनानीमा बढुवा भएका तीन जना प्रमुख सेनानीहरूलाई पनि दज्र्यानी चिह्न प्रदान गरेका थिए।
प्रकाशित: ३० चैत २०७९ १५:२९
प्रतिक्रिया