प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस २६ मंसिर २०८२ १९:०७ | Friday, December 12, 2025
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनपाति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका लिलाबहादुर खनाल क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले उपरथी खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

मंसिर २२ गतेको मन्त्रिपरिषद् बैठकले सहायक रथी खत्रीलाई उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो।

त्यस्तै यस अवसरमा सहयाक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक÷एक जना महासेनानी तथा प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८२ १९:०७ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast