रौतहटको गरुडा नगरपालिकामा झडप, ६ प्रहरी घाइते

हिमाल प्रेस २९ चैत २०७९ १६:२०
242
SHARES
रौतहटको गरुडा नगरपालिकामा झडप, ६ प्रहरी घाइते झडपमा परेर घाइते भएका एक व्यक्ति। तस्बिर- माइकल अधिकारी

काठमाडौँ- रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ६ जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन्। गरुडा नगरपालिकामा स्थानीय युवाहरूले ढुंगामुढा गरेपछि अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो।

मेयर पदका उम्मेदवार दीपक यादवको समूहले विभिन्न सूचनाको माग गर्दै नगरपालिकामा निवेदन दिए पनि माग सुनुवाइ नभएको भन्दै ताला लगाउन खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले झडप भएको र चार राउन्ड हवाइ फाएर भएको जानकारी दिए। ‘स्थानीय युवाहरूको समूहले नगरपालिकामा ताला लगाउन खोजेपछि झडप भएको थियो। युवाहरूले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि अवस्था नियन्त्रणमा लिन चार राउन्ड अश्रु ग्यास र केही राउन्ड हवाइ फायर भएको छ,’ उनले हिमालप्रेससँग भने, ‘प्रहरी र केही स्थानीय घाइते भएका छन्। अहिले अवस्था नियन्त्रणमा आइसकेको छ।’

हवाइ फायर कति राउन्ड भयो भन्नेबारे पूर्ण जानकारी नआएको मिश्रको भनाइ छ।

नगरपालिकामा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: २९ चैत २०७९ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =