कास्कीमा लागुऔषध दुव्यर्सनीका उजुरी घटे

हिमाल प्रेस २७ चैत २०७९ २१:५९
6
SHARES
कास्कीमा लागुऔषध दुव्यर्सनीका उजुरी घटे

पोखरा– कास्कीमा लागुऔषध दुव्यर्सनका उजुरीमा कमी आएको छ। चालु आवको ९ महिनामा जिल्ला प्रहरी कार्यालयमा यससम्बन्धी ५८ मात्रै मुद्दा दर्ता भएका छन्। प्रेस क्लब गण्डकीले बुधबार आयोजना गरेको लागुऔषध दुर्व्यसनीविरुद्ध अन्तर्क्रियामा सो तथ्यांक सार्वजनिक गरिएको हो।

प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार गत आवमा २ सय ४३ मुद्दा दर्ता भएकोमा अघिल्लो आवमा १ सय ४९ मुद्दा दर्ता भएका थिए। मुद्दा दर्ताको विश्लेषण गर्दा यस वर्ष लागुऔषधविरुद्ध सचेतना बढेको र मुद्दा दर्ता कम भएको हुनसक्ने उनको भनाइ छ।

लागुऔषध दुव्यर्सनीमध्ये सबैभन्दा बढी १५ देखि २४ वर्षका ५२ प्रतिशत छन्। २५ देखि ३५ वर्षका ४२ प्रतिशत छन्। कक्षा ११ र १२ पढ्ने ३१ प्रतिशत रहेको मानन्धरले बताए। साथीसंगीका कारण कुलतमा फस्नेहरूको संख्या भने दिनप्रतिदिन बढिरहेकोले अभिभावक सचेत हुनुपर्ने उनको सुझाव छ।

बालबालिकाको बदलिँदो व्यवहारप्रति अभिभावक चनाखो रहनुपर्ने, उनीहरूको पहिरन, हुलियाबारे जानकारी राख्ने, साथीसंगीबारे बुझ्ने, स्कुल/कलेज तथा अन्य रुटबारे अभिभावक सधैं चनाखो रहनुपर्ने कार्यक्रममा सहभागीहरूले सुझाव दिए।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य धनकुमारी पोखरेल तिमिल्सेनाले लागुऔषधविरुद्ध परिवारमै सचेतना जगाउनुपर्ने खाँचो औंल्याइन्। लागुऔषधबारे नर्सरीदेखि पाठ्यपुस्तकमा समावेश गर्न उनले आग्रह गरिन्।

प्रेस क्लब गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजाराम पौडेल र सचिव गौरव त्रिपाठीले समाजमा लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने जनाए।

प्रकाशित: २७ चैत २०७९ २१:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =