सहरमा आज

तीन नाटक मञ्चन, ६ फिल्मबीच प्रतिस्पर्धा

सुस्मिता बजगाईं २५ चैत २०७९ ५:५३
222
SHARES
तीन नाटक मञ्चन, ६ फिल्मबीच प्रतिस्पर्धा

काठमाडौँ- शनिबार बिदाको दिन। बिहानीको समय त मन्दिर गएर या घरासयी काममा बित्छ होला। दिनभर के गर्ने भनेर सोचाइमा हुनुहुन्छ भने राजधानीमा बस्नेका लागि फिल्म हल, थिएटर, आर्ट ग्यालरी र महोत्सव उपयुक्त गन्तव्य हुन सक्छन्। त्यस्ता मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुँदा दिन बितेको पत्तै हुँदैन भने बिदाको पनि सदुपयोग हुन्छ।

सहरमा केकस्ता फिल्म, नाटक, चित्रकला प्रदर्शनी, महोत्सव भइरहेका छन्, हेरौं।

भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव

चैत २३ गतेदेखि भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव-०७९/८०’ चलिरहेको छ। महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ। औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा महोत्सव भइरहेको छ।

महोत्सवमा बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, जादु, बालखेलीका साथै राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक र हास्यव्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहको छ।

दैनिक प्रयोगमा आउने उपभोग्य समग्री खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, कृषि तथा हस्तकलाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल, अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानहरूको स्टल राखिएको महोत्सवमा प्रवेश शुल्क ५० र ७० रुपैयाँ लाग्नेछ। विद्यार्थी र ज्येष्ठ नागरिकका लागि भने प्रवेश शुल्कमा केही छुटको व्यवस्था छ।

गुरुकुलमा ‘मार्क्स फर्किए’

नयाँ बानेश्वरको थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा ‘मार्क्स फर्किए’ नाटक मञ्चन भईरहेको छ। चैत १७ गतेदेखि मञ्चन सुरु भएको नाटक यो दोस्रोपटक मञ्चन भएको हो। यसअघि २०७६ सालमा मञ्चन गरिएको थियो। नाटक वैशाख ९ गतेसम्म चल्नेछ। यो नाटक अमेरिकी इतिहासकार हवार्ड जिनद्वारा लिखित नाटक ‘मार्क्स इनसोहो’को नेपाली संस्करण हो। नाटकको नेपाली अनुवाद प्रवीण खतिवडाले गरेका हुन्।

नाटकको परिकल्पना तथा निर्देशक सुनिल पोख्रेल र प्रवीण खतिवडा हुन्। भने नाटकमा कार्ल मार्क्सले एक सय ४० वर्षअघि बिताएको जीवनलाई प्रस्तुत गरिएको छ। कार्ल मार्क्सको भूमिकामा निर्देशक पोखरेल र पत्निको भूमिकामा निशा शर्मा छन्।

अन्य कलाकारमा गुरुकुल नाटकघरका विद्यार्थीहरु छन्। सोमबार बाहेक प्रत्येक दिन बेलुका साँढे ५ बजे मञ्चन हुने नाटक शनिबार भने दिउँसो १ बजे मात्रै मञ्चन हुँदैछ।

मण्डलामा ‘यौटा सपनाको अवसान’

थापागाउँस्थित मण्डला थिएटरमा चैत १० गतेदेखि ‘यौटा सपनाको अवसान’ मञ्चन भइरहेको छ। अनुप बरालको परिकल्पना र निर्देशन रहेको नाटक अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’ को नेपाली अनुवाद हो। आर्थर मिलरद्वारा लिखित यस नाटकलाई कवि विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन्।

आगामी वैशाख १० सम्म चल्ने नाटकमा कलाकार शेखर चापागाईं, मेनुका प्रधान, दीया मास्के, दिव्य देव, सन्देश शाक्य, सारा जे अधिकारी, रोय, जीवन गौतम, अभिषेक खड्का, विशाल पुलामीलगायतको अभिनय छ। नाटक प्रत्येक हप्ताको सोमबारबाहेक हरेक साँझ सवा ५ बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे र बेलुका ५ बजे दुई पटक मञ्चतन हुन्छ।

शिल्पीमा ‘विमोक्ष’

बत्तीसपुतलीस्थत शिल्पी थिएटरमा ‘विमोक्ष’ मञ्चन भइरहेको छ। नाटककार घिमिरे युवराजद्वारा लिखित नाट्यपुस्तक ‘विमोक्ष’ मा आधारित फागुन नाटक १७ गतेदेखि जारी छ। नाटकका निर्देशक प्रवीण खतिवडा हुन्।

नाटकमा सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामी लगायतको अभिनय छ। शनिबार दिउँसो साढे १ र बेलुका साढे ५ मा गरी नाटकका दुई पटक मञ्चन हुन्छ। नाटक मञ्चनको आज अन्तिम दिन हो।

कुन हलमा कुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली फिल्म, ‘बहाव’ र ‘छक्का पञ्जा ४’, हिन्दी फिल्म ‘भोला’, ‘दसरा’ र अंग्रेजी फिल्म ‘डन्जेन्स एन्ड ड्रागन्स : अनर एमङ थिभ्स’, ‘जोन विक च्याप्टर ४’ प्रदर्शन भइरहेका छन्।

बहाव

प्रमोद कँडेल निर्देशित फिल्म ‘बहाव’ चैत २४ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ। ड्रामा जनरामा बनेको फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल, अर्फान अलि मुख्य भूमिकामा छन्।

उपत्यकामा दरबार सिनेम्याक्स, क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाजमा ‘बहाव’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज र अष्टनारायण हल ‘बहाव’ चलिरहेका अन्य हल हुन्।

छक्का पञ्जा ४

फागुन १९ देखि देशभर ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ। फिल्म राजनीति विषयमा आधारित छ। हेमराज बीसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिसा हमाल, बुद्धि तामाङ, मलिना जोशी, राज आचार्य, नीर शाहलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्मका सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाजमा ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज, अष्टनारायण हलमा ‘छक्का पञ्जा ४’ चलिरहेको छ।

दसरा

श्रीकान्त ओडेला निर्देशित हिन्दी डबेट साउथ फिल्म ‘दसरा’ चैत १६ गतेदेखि नेपालमा प्रदर्शनरत छ। एक्सन, एड्भेन्चर र ड्रामा जनरामा बनेको फिल्ममा नानी, सुरेश कीर्थिलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, क्यूएफएक्स भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आईप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमामा ‘दसरा’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेपलेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज, माछापोखरीस्थित अष्टनारायण हल ‘दसरा’ प्रदर्शन भइरहेका अन्य हल हुन्।

भोला

हिन्दी फिल्म ‘भोला’ चैत १६ गतेदेखि नेपालका विभिन्न मल्टिप्लेक्सका हलमा प्रदर्शन भइरहेको छ। एक्सन, एडभेन्चर र क्राइम जनरामा बनेको फिल्मका निर्देशक अजय देवगन हुन्। फिल्ममा निर्देशक अजयसहित टाबु, सञ्जय मिश्रलगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमामा ‘भोला’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज र अष्टनारायण हल मा पनि ‘भोला’ प्रदर्शन भइरहेको छ।

जोन विक च्याप्टर ४

हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ चैत १० गते अर्थात २४ मार्चदेखि नेपालका सिनेमा हलमा प्रदर्शनरत छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक चाद स्टहेल्स्की हुन्। फिल्ममा केइनु रिभ्स, डोनी येन, बिल स्कर्डगर्ड मुख्य भूमिकामा छन्।

फिल्म उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्म प्रदर्शन भइरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाजमा ‘जोन विक च्याप्टर ४’ प्रदर्शनरत छ।

रञ्जना सिनेपलेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिजमा पनि ‘जोन विक च्याप्टर ४’ प्रदर्शन भइरहेको छ।

डन्जेन्स एन्ड ड्रागन्स : अनर एमङ थिभ्स

अंग्रेजी फिल्म ‘डन्जेन्स एन्ड ड्रागन्स : अनर एमङ थिभ्स’ एक्सन, एडभेन्चर र फन्टासी जनरामा बनेको छ। फिल्मका निर्देशक जोन फ्रान्सिस डेली र जोननाथ गोल्डस्टेन हुन्।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, क्यूएफएक्स छाया सेन्टर र लबिम मलमा यो फिल्म प्रदर्शनरत छ।

प्रकाशित: २५ चैत २०७९ ५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =