सुकुम्बासी बस्तीमा महानगरको डोजर पुगेपछि स्थानीयको प्रदर्शन

हिमाल प्रेस २४ चैत २०७९ १६:४५
26
SHARES
सुकुम्बासी बस्तीमा महानगरको डोजर पुगेपछि स्थानीयको प्रदर्शन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको डोजर सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीयले विरोध प्रदर्शन गर्दै बाटो बन्द गरेका छन्।

अवैध रुपमा बनेको गैरी गाउँस्थित सुकुम्बासी बस्तीका संरचना भत्काउन महानगरले डोजर पठाएको थियो।

महानगरको डोजर आउने सूचना पाएका स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले टायर बालेर महानगरविरुद्ध नाराबाजी गरिरहेका छन्। काठमाडौँ महानगरले अवैध रुपमा निर्माण भएका संरचना हटाउने अभियान नै सुरु गरेको छ।

प्रकाशित: २४ चैत २०७९ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =