मिटरब्याजपीडित भन्छन् : गृहमन्त्री श्रेष्ठबाहेक अरूसँग वार्ता गर्दैनौँ

हिमाल प्रेस २३ चैत २०७९ १६:२६
6
SHARES
मिटरब्याजपीडित भन्छन् : गृहमन्त्री श्रेष्ठबाहेक अरूसँग वार्ता गर्दैनौँ

काठमाडौँ- मिटरब्याजीलाई कारबाही गर्नुपर्ने मागसहित काठमाडौं आएका मिटरपीडितहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग मात्रै वार्ता गर्ने अडान राखेका छन्।

बिहीबार गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली मिटरब्याजी पीडितसँग वार्ता गर्न काठमाडौँको शान्तिवाटीका पुगे पनि उनीहरूले भने गृहमन्त्रीसँगै वार्ता गर्ने अडान राखेका हुन्।

यसअघिको मिटरब्याजपीडितसंग सरकारले गरेको सहमति र मिटरब्याजीलाई कारबाही गर्ने विषयमा सरकारले गरिरहेको तयारीका बारेमा गृहका प्रवक्ता बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, गृहमन्त्रीका सचिवालय सदस्यलगायत शान्तिबाटीका पुगेका थिए।

सुरुमा उनीहरूले मिटरब्याजपीडितहरूको समस्या सुनेका थिए र सो क्रममा पीडितहरूले जाली तमसुक बनाएर आफूहरूलाई पीडा दिएको गुनासो गरे।

पीडितहरुको गुनासो सुनेपछि गृह मन्त्रालयका प्रवक्ता बस्नेतले मिटरब्याजी पीडितहरूको समस्या सुन्न प्रधानमन्त्री र गृहमन्त्रीले पठाएको र आफूहरूले माग पुरा गर्न सकारात्मक रहेको जानकारी गराएका थिए।

पीडितहरूले आयोगले कहिले काम गर्ने भन्ने थाहा नभएको भन्दै मिटरब्याजका लागि भएको तमसुक खारेज हुनुपर्ने बताएका छन्।

 

प्रकाशित: २३ चैत २०७९ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =