प्रधानमन्त्रीले दिए ‘कोशी’ नाम सच्याउने आश्वासन

हिमाल प्रेस २३ चैत २०७९ १५:४७
4
SHARES
प्रधानमन्त्रीले दिए ‘कोशी’ नाम सच्याउने आश्वासन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘कोशी’ को नामकरण पहिचानमा आधारमा गर्न पहल गर्ने आश्वासन दिएका छन्। आफ्नो पार्टी माओवादी पहिचानका निम्ति लड्दै आएकाले पहिचानका मुद्दालाई नछोड्ने पनि उनले बताए।

पहिचानका आधारमा प्रदेश नामकरण माग गर्दै माओवादी केन्द्र निकट मोर्चाहरूले पेस गरेको ज्ञापनपत्र बुझ्दै दाहालले यस्तो आश्वासन दिएका हुन्। माओवादी नेता सुरेशकुमार राईले प्रधानमन्त्रीलाई उधृत गर्दै भने, ‘हामीले पहिचानका लागि लड्दै आएका छौँ। त्यो मुद्दा छाड्दैनौँ।’ यस्तै उनले आन्दोलन संयमताका साथ अघि बढाउन पनि निर्देशन दिएको राईले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार माओवादी निकट विभिन्न जनवर्गीय संगठनहरूले कोशी प्रदेशको नाम पहिचानका आधारमा राखिनुपर्ने भन्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए।

प्रदेश नामकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनका क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्रमा पार्टीले पहिचानका पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न अनुरोध गरिएको राईले जानकारी दिए।  षड्यन्त्रपूर्वक ढंगले प्रदेश १ मा कोशी नामकरण भएको भन्दै त्यसलाई सच्चाउनुपर्नेमा जोड दिइएको उनको भनाइ छ।

प्रकाशित: २३ चैत २०७९ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =