संसद् र देशलाई उपेन्द्र यादवको खाँचो छ : माधवकुमार नेपाल

हिमाल प्रेस २३ चैत २०७९ १३:२५
16
SHARES
संसद् र देशलाई उपेन्द्र यादवको खाँचो छ : माधवकुमार नेपाल

बारा– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएक छन्।

जसपा अध्यक्ष एवं बारा-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार कलैयामा नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यक्ता रहेको बताएका हुन्।

बारा-२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका यादवको पक्षमा भोट माग्न नेपाल बुधबार साँझ कलैया पुगेका थिए। बारा २ को चुनावी मैदानमा रहेका यादवलाई भेटमा नेपालले गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरेका छन्।

यादवलाई विजयी बनाउन अपील गर्दै नेता नेपालले भने,‘सिंगो देश र संसद्लाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु।’

नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरूको समयानुकूल विकास गर्न संसद्‌मा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको बताए।

प्रकाशित: २३ चैत २०७९ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 12 =