भिभो ‘वाई सिरिज’का उत्कृष्ट स्मार्टफोन छनोट

हिमाल प्रेस २२ चैत २०७९ २०:२०
2
SHARE
भिभो ‘वाई सिरिज’का उत्कृष्ट स्मार्टफोन छनोट

काठमाडौँ- स्मार्टफोन उत्पादक कम्पनी भिभोले आफ्ना वाई सिरिजका उत्कृष्ट स्मार्टफोन छनोट गरेको छ। कम्पनीले कार्य सम्पादन र ग्राहकको प्रतिक्रियाका आधारमा वाई सिरिजका स्मार्टफोन छनोट गरेको हो।

स्मार्टफोनहरूमा डिजाइन, डिस्प्ले, इमेजिङ प्रणालीलगायतका विशेषताहरूका आधारमा ग्राहकबाट पाएको प्रतिक्रियाको आधारमा उत्कृष्ट स्मार्टफोन छनोट गरिएको कम्पनीले जानकारी दिएको छ। ‘स्मार्टफोन ब्राण्ड भिभोले नेपालमा प्रयोगकर्ताहरू र समीक्षकहरूबाट वाई सिरिजका स्मार्टफोनहरूको प्रभावशाली कार्यसम्पादन क्षमताहरूको लागि राम्रो प्रशंसा पाएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार भिभोको ‘वाई १५सी’, वाई १५एस र वाई २०एस उत्कृष्ट स्मार्टफोन बनेका छन्।

वाई १५सी

वाई १५सी मा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ। इसले दैनिक प्रयोगका लागि पर्याप्त ब्याट्री जीवन प्रदान गर्ने कम्पनीले बताएको छ। एकपटक फुल चार्जले वाई १५सी मा १७ घन्टाभन्दा बढी एचडी चलचित्र हेर्न वा ८ घन्टाभन्दा बढी ननस्टप गेमिङका लागि प्रयोग गर्न सकिन्छ।

फोनमा ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको छ। त्यस्तै १३ एमपी एआई डुअल ब्याक क्यामेरा, र २ एमपी सुपर म्याक्रोक्यामेरा रहेको छ। उक्त स्मार्टफोनको मूल्य नेपाली बजारमा १४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।

वाई १५एस

वाई १५एसमा शक्तिशाली तथा लामो समयसम्म चल्ने ५ हजार एमएएच ब्याट्री र साइड माउन्टेड फिंगरप्रिन्ट टेक्नोलोजी छ। प्रयोगकर्तालाई पर्याप्त स्टोरेज सुनिश्चित गर्न यसमा ३ जीबी र्‍याम र ६४ जीबी रोम छ।

यस फोनमा १३ एमपी एआई डुअल ब्याक क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा छ। यही अप्रिलबाट नयाँ मुल्यसहति बजारमा आएको स्मार्टफोनको मूल्य १७ हजार ९ सय ९९ रुपैयाँ छ।

वाई २०एस

वाई २०एस को ५ हजार एमएच ब्याट्री र १८ वाट फ्ल्यास चार्जिङ क्षमता छ। यसको फ्ल्यासचार्ज टेक्नोलोजीले मात्र ६९ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको भनाइ छ।

यसमा क्वालकम स्न्यापड्रेगन ४६० प्रोसेसर, ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमता छ। यसलाई २५६ जीबीसम्म विस्तार गर्न सकिने कम्पनीको भनाइ छ। यस स्मार्टफोनको मूल्य हालै परिमार्जनसहित २३ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: २२ चैत २०७९ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =