भिभो ‘भी-२७’ सार्वजनिक गर्ने तयारी

हिमाल प्रेस १९ वैशाख २०८० १६:५५
8
SHARES
भिभो ‘भी-२७’ सार्वजनिक गर्ने तयारी

काठमाडौँ- स्मार्टफोन निर्माता कम्पनी भिभोले ‘भी-२७’ सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले ‘भी-२७ र भी-२७ई’ सार्वजनिक गर्ने तयारी गरेको हो।

उक्त सिरिजका फोनहरू आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शनसहित अपग्रेड भएर आउन लागेको कम्पनीले जानकारी दिएको छ। ‘बहुप्रतिक्षित ‘भी-२७’ सिरिज नेपाली उपभोक्ताका लागि चाँडै उपलब्ध हुनेछ,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।

साथै उत्कृष्ट क्यामेरासहित बजारमा आउन लागेको स्मार्टफोनमा औरा लाइट पोट्रेट प्रणाली रहेको र यसले पोट्रेटहरूमा एक्सपोजर बढाउने कम्पनीको भनाइ छ।

यसबाट प्रयोगकर्ताहरूलाई कम प्रकाशको अवस्थामा पनि अद्भुत सटहरू खिच्न सक्षम बनाउनेछ। भी-२७ लाई उच्चस्तरीय १२० हर्जको कर्भ स्क्रिन र पातलो बेजेलहरूले थप आकर्षक बनाएको छ।

त्यस्तै भी२७ई मा २.५डी स्क्रिनसहित १२० हर्ज एमोलेड डिस्प्लेले स्मर्ट फोनको शोभा बढाएको कम्पनीको भनाइ छ। भी-२७ सिरिजका दुवै स्मार्टफोन चाँडै नेपाली बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ।

प्रकाशित: १९ वैशाख २०८० १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =