भिभोको वाई-०२ सार्वजनिक

हिमाल प्रेस १५ माघ २०७९ १२:५१
4
SHARES
भिभोको वाई-०२ सार्वजनिक

काठमाडौँ- भिभोले वाई सिरिजको नयाँ मोडल वाई–०२ सार्वजनिक गरेको छ।

५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको वाई–०२ मा २ जीबी र्‍याम र ३२ जीबी रोम दिइएको छ। यसको बजार मूल्य १२ हजार ४९९ तोकिएको कम्पनीले जनाएको छ।

वाई-०२ मा ६.५१ इन्चको एजडी डिस्प्ले रहेको छ। ‘आई प्रोटेक्सन’ मोडसमेत रहेको स्मार्टफोनमा २.५ डी स्लिम बडी छ।

कस्मिक ग्रे र अर्किड ब्लू गरी दुई रंगमा उपलब्ध वाई–०२ मिडियाटेक पी–२२ द्वारा सञ्चालित छ। यसमा ८ एमपी रियर ५ एमपी फ्रन्ट क्यामेरा छ।

प्रकाशित: १५ माघ २०७९ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =