दराजबाट सामान किन्दा ग्लोबल आइएमई बैंकका ग्राहकलाई ५५ इन्चको टिभी जित्ने मौका

हिमाल प्रेस २२ चैत २०७९ १७:५८
2
SHARE
दराजबाट सामान किन्दा ग्लोबल आइएमई बैंकका ग्राहकलाई ५५ इन्चको टिभी जित्ने मौका

काठमाडौँ- ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्चको वेस्तेल लिड स्मार्ट टीभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ। उक्त योजनाअनुसार ग्राहकले बैंकको भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा ५५ इन्चको वेस्तेल लिड टीभी जित्ने मौका पाउनेछन्।

त्यसका लागि बैंकले दराज नेपालसँग सहकार्य गरिसकेको जानकारी दिएको छ। उक्त योजना मंगलबारदेखि लागू भइसकेको र आगामी वैशाख ९ गतेसम्म रहनेछ। योजनाको अन्त्यमा सबै सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनौट गरी टीभी उपलब्ध गराइने बैंकको भनाइ छ। ‘छनौट भएका एक भाग्यशाली विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउनेछन्,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अनलाइन कार्ड भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यले उक्त योजना ल्याइएको बैंकले जानकारी दिएको छ।

प्रकाशित: २२ चैत २०७९ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =