‘तलाउमा ढुंगा नहान’

हिमाल प्रेस २१ चैत २०७९ १७:००
4
SHARES
‘तलाउमा ढुंगा नहान’

काठमाडौँ- फिल्म ‘नाईं न भन्नु ल ६’ को ‘तलाउमा ढुंगा नहान’ बोलको गीत सार्वजनिक भएको छ। गीत आज (मंगलबार) ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा राजनराज शिवाकोटी र मेलिना मैनालीको स्वर छ। गीतमा वसन्त सापकोटाको शब्द र संगीत छ।

भिडियोमा फिल्मका मुख्य कलाकार आँचल शर्मा र आर्शीवाद बि क्षेत्री फिचर्ड छन्। विकासराज आचार्य निर्देशित फिल्म आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा छ।

फिल्ममा आँचल र आर्शीवादसहित अनुभव रेग्मी, प्रियंका कार्की, सरोज खनाल, खड्गबहादुर पुन (खबपु) लगायत कलाकारको अभिनय छ।

प्रकाशित: २१ चैत २०७९ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =