सहकारीलाई लुम्बिनी विकास बैंकद्वारा सहयोग

हिमाल प्रेस २१ चैत २०७९ १५:०१
2
SHARE
सहकारीलाई लुम्बिनी विकास बैंकद्वारा सहयोग

काठमाडौँ- लुम्बिनी विकास बैंकले ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको सिद्धिबिनायक कृषि बहुउद्देशीय सहकारी संस्था र जेष्ठ नागरिक दिवा मिलन केन्द्रलाई सहयोग गरेको छ। बैंकले संस्थालाई सहयोगस्वरूप टि–सर्ट तथा वाटर डिस्पेन्सर र साउन्ड सिस्टम हस्तान्तरण गरेको हो।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको जानकारी दिएको छ। ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उक्त सहयोग हस्तान्तरण गरिएको बैंकको भनाइ छ।

राष्ट्रिय सहकारी दिवसकै अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको र रक्तदाताहरूलाई प्रोत्साहनस्वरुप बैंकको लोगो तथा रक्तदानको लोगो अंकित टि–सर्ट हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ।

बैंकले काठमाडौँको नरेफाँटमा रहेको मनोहरा विद्यानगर सेवा समाजअन्तर्गत सञ्चालित ‘जेष्ठ नागरिक दिवा मिलन केन्द्र’लाई पिउने पानी प्रयोजनका लागि १ थान वाटर डिस्पेन्सर र १ थान साउन्ड सिस्टम सहयोग गरेको छ।

प्रकाशित: २१ चैत २०७९ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =