कञ्चनपुरको कृष्णपुरमा लुम्बिनी विकास बैंकको एटीएम

हिमाल प्रेस २० चैत २०७९ १८:१५
2
SHARE
कञ्चनपुरको कृष्णपुरमा लुम्बिनी विकास बैंकको एटीएम

काठमाडौँ- लुम्बिनी विकास बैंकले कञ्चनपुरको कृष्णपुरमा एटीएम सञ्चालनमा ल्याएको छ। बैंकले कृष्णपुर नगरपालिका– २ स्थित वाणिमा रहेको आफ्नो शाखामातहत नयाँ एटीएम सञ्चालनमा ल्याएको हो।

सोमबार एटीएमको उद्घाटन नगरपालिकाका मेयर हेमराज ओझाले गरे। उद्घाटन समारोहमा बैंकका मुख्य प्रबन्धक दिपक खनाल, सामान्य प्रसाशन विभाग प्रमुख दीपबहादुर रावल, वाणी शाखा प्रबन्धक मनोज शाहीलगायत बैंकका कर्मचारीको उपस्थिति थियो।

बैंकले हाल ८९ शाखा, १ एक्सटेन्सन काउण्टर र १९ वटा एटीएममार्फत सेवा दिँदै आएको छ। बैंकले ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले मुद्दती खातामा ‘मासिक’ रूपमा ब्याज प्रदान गर्ने र ‘मल्टिपल धमाका खाता’मा आफ्नो लगानीलाई दुई गुणादेखि दश गुणासम्म गर्न मिल्ने विशेष योजनालाई निरन्तरता दिएको छ।

प्रकाशित: २० चैत २०७९ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =