मिटरब्याजीविरुद्ध पीडितहरूले गरे विरोध प्रदर्शन [फोटोफिचर]

दिपेश श्रेष्ठ २० चैत २०७९ १५:५७
4
SHARES
मिटरब्याजीविरुद्ध पीडितहरूले गरे विरोध प्रदर्शन [फोटोफिचर] फाइल तस्बिर।

काठमाडौँ– मिटरब्याजपीडितहरूले मिटरब्याजीहरूविरुद्ध काठमाडौँस्थित माइतीघर मण्डलामा सोमबार विरोध प्रदर्शन गरेका छन्।

‘सुदखोरहरू होसियार’ ‘किसानको जमिन फिर्ता गर’लगायतका प्ले कार्ड बोकेर उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिको अगुवाइमा हलो बोकेर किसानहरूले विरोध प्रदर्शन गरेका हुन्।

दुई साताअघि तराईका विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर धर्ना तथा प्रदर्शनका लागि काठमाडौँ आएका पीडित किसानले आफूहरूले न्याय पाउनुपर्ने, जाली तमसुकहरू च्यात्नुपर्ने, कब्जामा लिइएका घर जमिन फिर्ता गर्नुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनमा छन्।

यसैबीच शनिबार सरकार र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएपछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चाँडै नै छानबिन आयोग बनाएर पीडितहरूको समस्या समाधान गरी उनीहरूलाई न्याय दिने बताएका छन्। यता पीडितहरू भने आफूहरूको माग सरकारले सम्बोधन नगरेसम्म घर नफर्किने अडानमा छन्।

प्रकाशित: २० चैत २०७९ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =