तनहुँ-१ : कांग्रेसका गोविन्द भट्टराईको उम्मेदवारी दर्ता

हिमाल प्रेस २० चैत २०७९ १४:५४
8
SHARES
तनहुँ-१ : कांग्रेसका गोविन्द भट्टराईको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले तनहुँ-१ को उपनिर्वाचनका लागि मनाेनयन दर्ता गरेका छन्। उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन्। वैशाख १० हुने निर्वाचनका लागि आयोगले सोमबार (आज) ५ बजेसम्मका लागि मनोनयनको समय तोकेको छ।

यहाँबाट उम्मेदवार बनेका नेकपा एमालेका सर्वेन्द्र खनालले पनि मनोनयन दर्ता गरिसकेका छन्। उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले पनि मनोनयन दर्ता गरिसकेका छन्। उनको प्रस्तावकमा मन्धरी आले र समर्थकमा मिना थापा छन्।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र राप्रपाकी शोभा गुरुङले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन्।

प्रकाशित: २० चैत २०७९ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =