गण्डकीमा ट्रायथलन संघको प्रदेश कमिटी गठन

हिमाल प्रेस २० चैत २०७९ १२:३०
4
SHARES
गण्डकीमा ट्रायथलन संघको प्रदेश कमिटी गठन

पोखरा- नेपाल ट्रायथलन संघ गण्डकी अध्यक्षमा सुमन देवकोटा सर्वसम्मत चयन भएका छन्। पोखरामा आयोजित भेलाले पहिलोपटक नेपाल ट्रायथलन संघको प्रदेश समिति गठन गरेको हो।

उपाध्यक्षमा डिल्लीराज सुवेदी, सचिव वीरेन शेरचन, सहसचिव अनिता रानाभाट र कोषाध्यक्षमा डिमबहादुर (देवेन्द्र) केसी सर्वसम्मत भए। सदस्यमा कृष्ण दवाडी, प्रमिश ताम्राकार, धनन्जय वाग्ले, सविना महर्जन र उज्वल शर्मा छन्।

अध्यक्षमा निर्वाचित भइसकेपछि देवकोटाले गण्डकीमा ट्रायथलन खेलको विकास, विस्तार र नयाँ खेलाडी उत्पादनमा संघले काम गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २० चैत २०७९ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =