अटिजम भएका बालबालिकाको क्षमता विकासमा काम गर्दै अटिजम केयर नेपाल सोसाइटी

हिमाल प्रेस १९ चैत २०७९ २१:४८
14
SHARES
अटिजम भएका बालबालिकाको क्षमता विकासमा काम गर्दै अटिजम केयर नेपाल सोसाइटी

सुर्खेत– १६ औं विश्व अटिजम जागरुकता दिवसका अवसरमा दीप प्रज्ज्वलन गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको अटिजम केयर नेपाल सोसाइटीले आफ्नै कार्यलयमा आइतबार १६ औं विश्व अटिजम दिवसका अवसरमा दीप प्रज्ज्वलन गरी मनाएको हो।

६ वर्षदेखि अटिजम दिवस मनाउँदै आएको केयर नेपाल सोसाइटीका अध्यक्ष सुशील थापाले जानकारी दिए।

अटिजम भएका बालबालिकाका आमालाई तालिम दिनुका साथै दिन दिने सम्पुर्ण सेवा सुविधा पनि दिँदै आएको उनले बताए।

विश्व अटिजम दिवसका अवसरमा कर्णालीका १० जिल्लाका अटिजम भएका बालबालिकाहरूले यस संस्थाबाट पीसीटीभी तालिम दिन सक्ने वातावरण सिर्जना गर्न, स्तर बृद्धि गर्ने, क्षमता बृद्धी गर्नुका साथै विभिन्न संघ-संस्था, कर्णाली सरकार र संघीय सरकारलाईसमेत जानकारी दिने बताएका छन्।

अटिजम जनचेतनाका लागि छिट्टै नै शिविर सञ्चालन गर्न लागेको उनको भनाइ छ।

प्रकाशित: १९ चैत २०७९ २१:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =