सांसद डाँगीको प्रश्न : म बसेको कुर्सी कुन देशबाट आयात भएको हो?

हिमाल प्रेस १९ चैत २०७९ १४:०५
28
SHARES
सांसद डाँगीको प्रश्न : म बसेको कुर्सी कुन देशबाट आयात भएको हो?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले सिंहदरबार, बालुवाटार, शीतल निवास, संसद् भवनलगायतका स्थानलाई आत्मनिर्भर क्षेत्र घोषणा गर्न माग गरेकी छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्वदेशी उत्पादनमा ध्यान दिनुपर्ने बताएकी हुन्।

‘टुथपिक र ट्वाइलेट पेपरमा ४१ करोड बरारबरको पैसा बाहिरिएको छ। टथपिकदेखि स्याम्पुसम्म, मोबाइलदेखि कारसम्म ठूलो मात्रामा आयात हुन्छ हुँदा हुँदा चामलसम्म आयात भइरहेको छ। आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ?’ उनले सोधिन्।

उनले कुर्सीका लागि नेताहरूले झगडा गरिरहेको प्रसंग उठाउँदै ती कुर्सीहरू कुन देशबाट आयात भएको हो? भन्ने प्रश्न गरिन्।

‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो?,’ उनले भनिन्,’कुर्सीका लागि जुन झगडा हुने गरेको प्रधानमन्त्री, सभामुखको कुर्सी कुन देशबाट आयात भएको हो? सिंहदरबार, बालुवाटार, शीतल निवास र यो क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ।’

 

प्रकाशित: १९ चैत २०७९ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =