रास्वपाको सचेतक बनिन् निशा डाँगी

हिमाल प्रेस १८ वैशाख २०८० १८:११
30
SHARES
रास्वपाको सचेतक बनिन् निशा डाँगी निशा डाँगी

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको सचेतकमा निशा डाँगीलाई चयन गरेको छ। आज बसेको पार्टीको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गरेको हो। पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आजको बैठकमा उपनिर्वाचनबारे समीक्षा पनि गरिएको बताए।

‘आजको बैठकले दलको सचेतकमा माननीय निशा डाँगीलाई चयन गर्ने गरेको छ’ परियारले भने। डाँगी रास्वपाकी समानुपातिक सांसद हुन्। उनी प्रतिनिधिसभाको कान्छी सांसद पनि हुन्।

त्यस्तै आजको बैठकले पार्टी सभापतिसमेत रहेका रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ। उक्त पार्टीको आज केन्द्रीय समिति बैठक पनि बसेको थियो। बैठकमा सरकारमा सहभागी हुने या नहुने भन्नेबारे छलफल भए पनि निर्णय भने भएको छैन।

प्रकाशित: १८ वैशाख २०८० १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =