यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’को दोस्रो गीत ‘योद्धा’

हिमाल प्रेस १९ चैत २०७९ १२:३२
4
SHARES
यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’को दोस्रो गीत ‘योद्धा’

काठमाडौँ- आगामी वैशाख २१ गते प्रदर्शन हुने फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ को दोस्रो गीत ‘योद्धा’ सार्वजनिक भएको छ। गीत शुक्रबार आइकोर फिल्म्स् नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर छ। स्वप्निल शर्माको शब्द रहेको गीतमा स्वप्निल र रोहित शाक्यले संगीत भरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धीरज मगर र जसिता गुरुङ फिचर्ड छन्। यसअघि फिल्मको पहिलो गीत ‘कथा’ सार्वजनिक भएको थियो।

रेनेशा राईको निर्देशन रहेको फिल्म सुशान्त प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादनमा बनेको छ।

फिल्ममा जसिता र धीरजसहित अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बुलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १९ चैत २०७९ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =