कांग्रेसको कार्यसम्पादन समिति बैठकअघि सानेपामा नाराबाजी

हिमाल प्रेस १९ चैत २०७९ १०:१२
6
SHARES
कांग्रेसको कार्यसम्पादन समिति बैठकअघि सानेपामा नाराबाजी

काठमाडौँ- कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नाराबाजी गरेका छन्। नेविसंघका सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्नुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका हुन्।

केहीबेरमा कार्यसम्पादन समितिको बैठक सुरु हुँदैछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ।

बैठकमा सरकारमा भएको सहभागिता र उपनिर्वाचनका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। सरकारमा सहभागिताको विषयमा कांग्रेसभित्र आन्तरिक विवाद देखिएको छ।

यस्तै बैठकमा बारा-२ मा कांग्रेसबाट पनि उम्मेदवारी दिने वा सत्ता गठबन्धन दल जसपाका उम्मेदवार उपेन्द्र यादवलाई सहयोग गर्ने भन्ने पनि छलफल हुनेछ। कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रकाशित: १९ चैत २०७९ १०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =