ठूला दलको बेइमानीका कारण वैकल्पिक शक्तिको उदय : चित्रबहादुर केसी

हिमाल प्रेस १८ चैत २०७९ २१:५४
6
SHARES
ठूला दलको बेइमानीका कारण वैकल्पिक शक्तिको उदय : चित्रबहादुर केसी फाइल तस्बिर।

बाग्लुङ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने ठूला दलहरूको खराब र बेइमान प्रवृत्तिका कारण वैकल्पिक शक्तिहरूको उदय भएको बताएका छन्।

बाग्लुङको जैमिनी नगरपालिकाले शनिबार आयोजना गरेको विज्ञ सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजनीतिमा सत्ता र शक्तिबाहेक अरू केही चिन्ता नगर्नेहरूबाट विकासको आसा गर्नु गलत भएको उनको भनाइ छ।

‘अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ, सरकारले विषादीयुक्त तरकारी आयातमा रोक लगाउनुपर्छ, अहिले सरकारले त्यो गर्न सकेको छैन,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘मान्छेले घर छाडेपछि बाँदर भित्रियो, अहिले बसाइँसराइले गाउँ खाली भएको छ, स्रोत र साधन परिचालनमा विज्ञ सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

विज्ञहरूको सुझावका आधारमा कृषि, उद्योग र पर्यटनमा जोड दिन सके समृद्ध जैमिनी बन्नेमा शंका नरहेको बताउँदै नेता केसीले स्थानीय उत्पादन बजारीकरणको जिम्मा लिन आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित: १८ चैत २०७९ २१:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =