प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मिटरब्याजपीडित

हिमाल प्रेस १८ चैत २०७९ ९:०४
10
SHARES
प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मिटरब्याजपीडित

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलका लागि मिटरब्याज पीडित बालुवाटार प्रवेश गरेका छन्।

विभिन्न जिल्लाबाट १२ दिन पैदल यात्रा गरेर काठमाडौं आएका पीडितको गुनासो सुन्न प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाएका हुन्।

मिटरब्याज पीडितले मिटरब्याजलाई कारबाही गर्नुपर्ने, आफूहरूसँग लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन्। उनीहरूले गृह मन्त्रालयको वार्ता टोलीसँग पटक गरेको छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन।

माग सम्बोधन नभएसम्म वार्ता पनि गर्ने र आन्दोलन पनि जारी राख्ने तयारीमा रहेका पीडितले माग सम्बोधन नभएसम्म गाउँ पनि नफर्किने अडान लिएका छन्। महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाका मिटरब्याज पीडित पैदल यात्रा गरेर गत आइतबार काठमाडौं आइपुगेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =