सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ताहरूसँग अन्तरक्रिया

हिमाल प्रेस १९ चैत २०७९ १६:३२
2
SHARE
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ताहरूसँग अन्तरक्रिया

काठमाडौँ- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट अभिकर्तासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले केही समयअघि मात्र एकीकृत कारोबार सुरु गरेको हो। कार्यक्रममा कम्पनीका नवनियुक्त सीईओ शिवनाथ पाण्डेले एकीकृत भावनाका साथ काम गर्न सबैलाई आह्वान गरे।

चितवनको सौराहामा आयोजना गरिएको कार्यक्रममा देशैभरिका उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु सहभागी थिए।  कम्पनीका डेपुटी सीईओ निराजन कँडेल र गणेश चौलागााई, चिफ म्यानेजर गुणराज श्रेष्ठ लगायतका उच्च अधिकारीहरुको उपस्थितिमा अभिकर्ताहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो। 

कार्यक्रममा व्यवसाय रणनीतिको सम्बन्धमा पनि छलफल भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =