घूससहित नापी कार्यालय मनमैजुका सर्वेक्षकसहित दुई जना पक्राउ

हिमाल प्रेस १४ चैत २०७९ १८:३४
6
SHARES
घूससहित नापी कार्यालय मनमैजुका सर्वेक्षकसहित दुई जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँको मनमैजुस्थित नापी कार्यालयका नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घूस रकमसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्की छन्।

उनीहरूको साथबाट एक लाख ७५ हजार रुपैयाँ घूस बरामद गरिएको छ। कित्ताकाट गर्न सहजीकरण गरेबापत आरोपीहरूले सेवाग्राहीसँग घूस रकम मागेका थिए ।

अभिषेक कार्की मनमैजुस्थित मुक्तिनाथ कानुनी सेवाको सञ्चालक हुन्।

प्रकाशित: १४ चैत २०७९ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =