पशुपन्छीसम्बन्धी गुरुयोजना संघीयताअनुसार बनाउनुपर्छः कृषि सचिव

हिमाल प्रेस १२ चैत २०७९ १५:२८
2
SHARE
पशुपन्छीसम्बन्धी गुरुयोजना संघीयताअनुसार बनाउनुपर्छः कृषि सचिव

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले संघीयताका आधारमा पशुपन्छीसम्बन्धी गुरुयोजना बनाउनुपर्ने बताएका छन्।

कृषि क्षेत्रमा तीनै तहका सरकारको अधिकार हेरेर संघीयताका आधारमा गुरुयोजना बनाउनुपर्ने उनले बताएका हुन्। आईतबार कृषि मन्त्रालयले सुरु गरेको ‘नेपाल पशुधन गुरुयोजना’ कार्यक्रममा उनले गुरुयोजना बनाउँदा कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयता अनुसार पशुधन गुरुयोजना बनाउन आवश्यक रहेको बताए।

मुलुक संघीयता कार्यान्वयनको चरणमा रहेको अवस्थामा कृषि र पशुपालन तर्फका विकास र प्रवद्र्धनात्मक गतिविधिहरूका धेरै जिम्मेवारीहरू प्रदेश, स्थानीय तहको मातहतमा गएको बताए।

सचिव डा. शर्माले संघको जिम्मेवारी राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय र अन्तरप्रदेश समन्वय गर्ने रहेको बताए। उनले त्यसमा कानूनी रूपमा भएनभएको हेर्ने अधिकार संघलाई रहेको पनि बताए।

नेपाल पशुधन गुरुयोजना बनाउँदा अन्य मुलुकको नक्कल गर्नेभन्दा पनि वास्तविकता बुझेर बनाउनुपर्ने बताए।

प्रकाशित: १२ चैत २०७९ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =