सत्ता गठबन्धन देशको हित होइन पदको बटवारा गर्नमै केन्द्रित छ : विष्णु पौडेल

हिमाल प्रेस १२ चैत २०७९ १३:५०
6
SHARES
सत्ता गठबन्धन देशको हित होइन पदको बटवारा गर्नमै केन्द्रित छ : विष्णु पौडेल

सुर्खेत- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाल र नेपालीको हितका लागि काम गर्ने आँट र सामर्थ्य अहिलेको सरकारसँग नभएको बताएका छन्। अछाम जाने क्रममा सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले सरकारले राम्रा काम गर्ला भनेर आशा गर्ने ठाउँ नभएको बताएका हुन्।

‘सरकारमा पुग्ने र सरकारमा टिक्ने, जिम्मेवारीहरूको बटवारा गर्नमै अहिलेको गठबन्धन केन्द्रित छ,’ पौडेलले भने। समस्या समाधानभन्दा पनि देशमा कस्ता खालका समस्या छन् भन्ने जानकारी नै अहिलेको गठबन्धनलाई नभएको आरोप पौडेलको छ।

उनले देशको अर्थतन्त्र निराशाजनक अवस्थामा पुग्दा पनि देशले अर्थमन्त्री नपाउनु दुर्भाग्य भएको बताए। उनले देशमा अन्य शक्ति राष्ट्रहरूको चलखेलसमेत बढेको बताए।

यस्तै उनले सरकारमा रहने कि बाहिरिने भन्ने मुख्यमन्त्रीहरूकै तजबिजमा भर पर्ने बताए। उनले भने, ‘केन्द्रमा समीकरण बदलियो भन्दैमा प्रदेशमा बदलिहाल्नुपर्छ भन्ने मनसायमा पार्टीको केन्द्रीय नेतृत्व छैन।’

पौडेलले एमालेबाट मुख्यमन्त्री र मन्त्री बनेकाहरूलाई सरकार छाड वा राजीनामा दिनुपर्छ भनेर कुनै निर्देशन नगर्ने स्पष्ट पारे।

प्रकाशित: १२ चैत २०७९ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =