‘बुलाकी’को पहिलो गीत ‘दुनियाँलाई सम्झाई देउन’

हिमाल प्रेस ११ चैत २०७९ ११:४३
6
SHARES
‘बुलाकी’को पहिलो गीत ‘दुनियाँलाई सम्झाई देउन’

काठमाडौँ- फिल्म ‘बुलाकी’को ‘दुनियाँलाई सम्झाईदेउन’ बोलको आधिकारिक गीत सार्वजनिक भएको छ।

निर्माण टिमले आज (शुक्रबार) ‘म्युजिक डट कम युट्युब’ च्यानलबाट गीत सार्वजनिक गरेका छन्।

गीतमा बादल थापाको आवाज छ। गायक थापा र सुविन सेन्जुरीको शब्द रहेको गीतका सम्पादक लक्ष्मण सुनार हुन्।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुरक्षा पन्त र नरेन केसी फिचर्ड छन्।

सुनारकै निर्देशनमा बनेको फिल्म आगामी बैशाख १ गते नयाँ बर्षको दिन प्रदर्शन हुने छ।

फिल्ममा अन्य कलाकार बिराज बिष्ट, सरस्वती खत्री, प्रकाश कँडेल। लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सोनु सेढाईलगायतले अभिनय गरेका छन्।

प्रकाशित: ११ चैत २०७९ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =