राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व मरो लक्ष्य : शेखर कोइराला

हिमाल प्रेस १० चैत २०७९ २२:०४
8
SHARES
राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व मरो लक्ष्य : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन्।

नेपाल जेसिसले काठमाडौँमा आयोजना गरेको ‘नेशनल काउन्सुलर एकेडेमी-२०२३’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाको भविष्यको लागि हो। मेरो अरू कुनै स्वार्थ छैन,’ उनले भने।

राजनीतिक स्थिरता र अवसरको अभावले युवा शक्ति विदेश पलायन भइरहेको भन्दै उनले यस्तो अवस्थाप्रति दु:ख व्यक्त गरे। कोइरालाले युवा शक्ति पलायन हुँदा देश विकासमा कठिनाइ भएको भन्दै उनले युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउन सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =