सिंहदरबारस्थित पुरानो संसद् भवन मर्मत गर्न सरकारलाई संसदीय समितिको निर्देशन

हिमाल प्रेस ९ चैत २०७९ १६:५८
4
SHARES
सिंहदरबारस्थित पुरानो संसद् भवन मर्मत गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ- संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन रेट्रोफिटिङ गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकले सिंहदरबारस्थित पुरानो संसद भवनलाई रेट्रोफिटिङ गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो।

२०१६ सालमा निर्माण भएको सो संसद् भवन भुकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो। समितिले सो भवनलाई पुनर्निर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिटिङ गरेर मर्मत गर्न शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति मायाप्रसाद शर्माले बताए।

समितिले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कुरालाई परिमार्जन गर्न पनि निर्देशन दिइएको उनले बताए। ‘२०१६ सालमा निर्माण भएको सिंहदरबार भित्रको पुरानो भवन भूकम्पका कारण क्षति भएको छ,’ उनले भने, ‘यसलाई फेरी रेट्रोफिटिङ गरेर फेरि एउटा भवनलाई बचाउनका लागि सबैसँग छलफल गरिराखेका छौँ।’

प्रकाशित: ९ चैत २०७९ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =